झापा । सर्पले डसेर झापाको कचनकवल गाउँपालिकामा एकजना बृद्धको मृत्यु भएको छ ।
कचनकवल वडा नं. ४ का करीब ६० वर्षका चमनलाल गणेशको बिषालु सर्पको डसाइबाट हिजो साँझ मृत्यु भएको हो । आफ्नै पोखरीको डिलमा उनलाई सर्पले डसेको थियो ।
अरु केहीले टोकेको भन्दै वास्ता नगरेका गणेशको अबस्था गंभीर बनेपछि उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिइन् । मृतक गणेश नेपाली कांग्रेस वडा समिति सदस्य हुन् ।