अर्जुनधारा । कोरोना संक्रमणबाट झापा अर्जुनधाराका एक व्यक्तिको मृत्यु भएको छ ।

अर्जुनधारा ११ का ६० वर्षीय लिम्बू थरका व्यक्तिको आज दिउँसो १ बजे निधन भएको हो । कोरोना संक्रमण भएपछि उनको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको थियो । आज हस्पिटलमै निधन भएको हो ।

उनको आजै कनकाई माइमा अन्त्येष्टि गरिएको कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए । यो सँगै दोस्रो लहरमा अर्जुनधारा नगरपालिकामा १७ जनाको ज्यान गइसकेको छ । जसमा ७ जना महिला छन् ।