झापा । अर्जुनधारा नगरपालिकाकी एक बृद्धाको आज दिउँसो कारोना संक्रमणबाट मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको आइशोलेसन उपचाररत ७१ वर्षीया बृद्धाको थप उपचारका लागि अन्यत्र लैजाने क्रममा मृत्यु भएको हो । पाँच दिनअघि आइशोलेसनमा भर्ना गरिए पनि स्थिति बिग्रँदै गएको थियो ।
थप उपचारका लागि बिर्तामोड लैजाने क्रममा मृत्यु भएको अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।
उनका अनुसार यो सँगै कोरोनाका कारण अर्जुनधारामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । गएराति मात्र अर्जुनधारा ७ का एक युवाको मृत्यु भएको थियो ।