अर्जुनधारा । अन्तराष्ट्रिय झापाली समाजले झापाको अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
समाजले बिहीबार एक अनौपचारिक कार्यक्रममा नगरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेलले नगर प्रमुख हरिकुमार राना तथा उपप्रमुख कमला खतिवडालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
समाजले नगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क ४५० थान, सेनिटाइजर १० लिटर, फेस सिल २५ थान, एन ९५ मास्क ९० थान, पीपीइ १० थान, ग्लोब्स २ सय सेट, एन्टीजेन किट २० थान, अक्सीमिटर १० थान लगायत छन् ।
स्वास्थ्य सामग्री बुझ्दै नगर प्रमुख रानाले अन्तर्राष्ट्रिय झापाली समाजलाई धन्यवाद दिए । उनले समाजबाट उपलब्ध भएका स्वास्थ्य सामग्रीले उपचारमा केही सहजता प्रदान गर्ने र नगरबासीले स्वास्थ्य लाभ लिनेमा विश्वास व्यक्त गरे ।