बिर्तामोड । झापाका सञ्चारकर्मीहरुले कोरोनाविरुद्धको खोप भेरोसेल मंगलबार लगाएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाको पहल तथा स्वास्थ्य कार्यालय झापाको प्राविधिक सहयोगमा झापाली सञ्चारकर्मीले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
समाचार संकलनका क्रममा झापाली सञ्चारकर्मी पनि कोभिड १९ बाट प्रभावित बनेपछि जोखिम न्यूनीकरण गर्न खोपको पहल गरिएको हो । पछिल्लोपटक झापाका दुई दर्जनभन्दा बढी पत्रकार संक्रमित भएका थिए ।
महासंघका अनुसार मंगलबार झापाका १६५ जना सञ्चारकर्मीले कोरोनाविरुद्धको खोप लगाए । खोप लगाएका सञ्चारकर्मीले खोपका लागि पहल गर्ने पत्रकार महासंघलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।