अर्जुनधारा । सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी हेल्पिङ हेन्डले स्वास्थ्य सामग्री प्रदान गरेको हो। वर्क फर नेपालको पहल र हेस्रा नेपालको सहकार्यमा हेल्पिङ हेन्डले शनिश्चरे अस्पताललाई एक थान आइसियु बेड, दुई थान अक्सिजन सिलिन्डरसहित ७८ प्रकारका स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको छ ।
आज एक कार्यक्रमका बीच हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टका प्रबन्धक जिवप्रसाद पोखरेल, हेस्रा नेपालका अध्यक्ष जियाउँदिन खानले नगर प्रमुख हरिकुमार राना, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा ९ नम्वर वडा अध्यक्ष पुष्प प्रसाईलाई सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा प्रदेश १ का सांसद वृख प्रधान, नगर प्रमुख हरिकुमार राना, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतले धन्यवाद दिएका थिए ।