बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ११६ जना कोरोना संक्रमित फेला परेका छन् । यसै अवधिमा १ जनाको मृत्यु हुनुका साथै २१६ जना निको भएका छन् ।

सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाका ३९ जना संक्रमित भएका छन् । जसमा २१ जना महिला छन् । अर्जुनधारापछि बिर्तमोडमा १९ जना संक्रमित भएका छन् । जसमा ८ जना महिला छन् ।

यसैगरी, हल्दिबारीमा १० जना, कनकाइ र बुद्धशान्तिमा ८-८ जना, दमक र मेचीनगरमा ६-६ जना, गौरादह र शिवसताक्षीमा ५-५ जना, भद्रपुरमा ४ जना, कमलमा ३ जना, झापामा २ जना र बाह्रदशीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, झापामा पछिल्लोपटक २२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो सँगै झापामा १० हजार १८८ जनाले कोरोनालाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा झापामा एक जनाको मात्र कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा झापा जिल्ला बाहिरका एक बृद्ध छन् । पाँचथर फाल्गुनन्द गाउँपालिकाका ७० वर्षीय पुरुषको बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो ।