बिर्तामोड । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

सवारीसाधनको हकमा सार्वजनिक तथा निजी सवारीसाधन खुलाउने निर्णय गरेको छ । निर्णयअनुसार सवारीका हकमा पूर्वका चार जिल्लामा आवत जावत खुला गरिएको छ । जसका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ ।

सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणालीअनुसार झापा, मोरङ, सुनसरी र इलाम जिल्लासम्म आवत जावत खुला गरिएको हाे । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।
।

त्यस्तै बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक–अवे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।