झापा । गुप्ताङ्गमा लुकाएर लागुऔषध ल्याउदै गरेको अवस्थामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक १ बस्ने ३४ बर्षीया मन्जु धिमाल र सोही स्थान बस्ने २५ बर्षीया बिमला धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साउन २३ गते साँझ ९ बजे शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गौरीगंज ४ कदमगाछीबाट पक्राउ गरि संवेदनशील अंगमा लागुऔषध लुकाइएको शंका लागि खजुरगाछी स्वास्थ्य चौकीमा जाँच गरिएको थियो ।
जाँचपछि मन्जु धिमालको गुप्ताङ्गबाट ४४.३०० ग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई कानुनी कारबाही गरिने उनले बताए ।