शनिश्चरे । झापाको अर्जुनधारा नगर क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

शनिश्चरे बजार क्षेत्रमा रहेका पुराना फलामका पोलहरु हटाउनुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र बिर्तामोडले जनाएको छ ।

सूचनाअनुसार शनिश्चरे प्रशाखाबाट वितरित हुने विद्युत् सबै क्षेत्रमा विहान ८ बजेदेखि साँझ ४ बजेसम्म आपूर्ति बन्द हुनेछन् ।