बिर्तामोड । पछिल्लो समय झापाको बिर्तामोड लागूऔषध कारोबारीको अखडा बन्दै गएको छ । पछिल्लोपटक भने फार्मेसीमा काम गर्ने युवक नै ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

शुक्रबार मात्र ब्राउनसुगरसहित दुई युवा बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका-६ का भीष्म बुढाथोकी रहेका छन् ।

२० वर्षीय बुढाथोकीको घर इलाम भए पनि हाल बिर्तामोड ८ स्थित गरामनी बजारमा डीडीआर फार्मेसी सञ्चालन गरी बस्दै आएका छन् ।

उनीहरूलाई प्रहरीले बिर्तामोड ९ स्थित देवकोटा चौकबाट ५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।