झापा । बिर्तामोडका एक व्यवसायीले आफ्नो छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्ट अपर्ण गरेका छन् । जन्मदिनमा हुने फजुल खर्चलाई कटौती गर्दै उनले सामाजिक कार्य गरेका हुन् ।

ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य, मेची ट्रान्सपोर्ट एशोसिएसनका बरिष्ठ उपाध्यक्ष श्याम प्रसाई (एसपी)ले छोरा शंकेतको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड १० स्थित इलामेली टोल शहीद गेट नजिकै रहेको रक्तकाली माता मन्दिरमा घण्ट प्रदान गरेका हुन् । घण्टको तौल ९ केजी ९ सय ग्राम रहेको छ ।

जन्मदिनका दिन अनावश्यक तडकभडकसहित गरिने खर्च कटौती गरी धार्मिक कार्यमा सहयोग गरेको भन्दै स्थानीय राजनीतिज्ञ पुनम चुँडालले प्रसाईको प्रशंसा गरिन् ।

अनौपचारिक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागांई, हल्दिबारी ४ का वडाध्यक्ष होम चुँडाल, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, रक्तकालाी मन्दिर समितिका अध्यक्ष बिनोदकुमार भट्टराई, उपाध्यक्ष नारायण त्रिताल, सचिव चुडामणि न्यौपाने, कोषाध्यक्ष शिवमाया तिवारीलगायतको उपस्थिति थियो ।

यसअघि पनि प्रसाईले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रांगणमा रहेको नव दुर्गा मन्दिरलाई २५ हजार ९ ९९ तथा नकलबन्दामा रहेको सशस्त्र प्रहरी बलको बेस परिसरमा रहेको मन्दिरको रंगरोगन तथा मर्मत सम्भारका लागि पनि सहयोग गरेका थिए ।