झापा । झापामा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका ४ स्थित चुलाचुली मोडमा पूर्वबाट पश्चिम जाँदै गरेको मे. १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे. ३ प ९४४९ नम्बरको मोटरसाइकललाई बिहीबार अपराह्न ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको डिएसपी राकेश थापाले बताउनुभयो ।

बस र चालक मोरङ उर्लाबारी नगरपालिका ७ निवासी ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।