झापा । झापाको भद्रपुर नगरपालिका वडा नं ९ स्थित देवकोटा चौकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा आइतबार राति नचिनेको समूहले तोडफोड गरेको छ ।
त्यहाँ महाकवि देवकोटोको अर्धकदको प्रतिमा रहेको थियाे । उक्त समूहले प्रतिमाको टाउको र शरीर विच्छेद गरी जमिनमा रखिएको अवस्थामा सोमबार विहान भेटिएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए ।
२०५१ सालमा स्थापना गरिएको महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गर्दै दोषीउपर कडा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएको समेत बरालले बताए ।