शनिश्चरे । झापामा लागूऔषधसहित फेरि तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधाराका युवा छन् ।

लागूऔषध कारोवार गर्ने तीनलाई प्रहरीले अर्जुनधारा-४ मदनपुरबाट पक्राउ गरेको हो । मदनपुर क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागूऔषध ब्युरो काँकडभिट्टा, ईप्रका बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा २ का १८ वर्षिय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा ३ का २६ वर्षीय सौगात खतिवडा छन् ।

उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर, ४९ हजार ५ सय नगद र ५ थान मोबाइल बरामद भएको छ । मंगलवार पक्राउ गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएकोे छ ।