अर्जुनधारा । करिब अढाइ वर्षको बसाइपछि अर्जुनधारा नगरपालिकाका लेखा अधिकृत रामचन्द्र घिमिरेको मंगलबार सरुवा भएको छ ।
नगरपालिकामा साँझ भएको एक औचपचारिक कार्यक्रमबाट घिमिरेको विदाइ गरिएको हो । उनको झापा जिल्ला मालपोत कार्यालयमा सरुवा भएको छ ।
नगर प्रमुख हरिकुमार रानाले सरुवा बढुवा नियमित प्रक्रिया भएको बताउँदै नगरमा भोगेका सकारात्मक पक्षलाई ग्हण गर्न आग्रह गरे ।
निष्ठावान कर्मचारीको माथिल्लो तहसम्म स्थान भएको उल्लेख गर्दै लामो समय सहकार्य गर्ने मौका मिलेकोमा धन्यवाद दिएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईले आफूले छोटो समय सहकार्य गर्न पाएको भन्दै भावी दिन उज्ज्वल बनोस् भन्दै शुभकामना दिए ।
संस्थाप्रति उत्तरदायी भएर काम गर्ने लेखा अधिकृत घिमिरे व्यक्तिलाई भन्दा संस्थालाई सफल बनाउन लागिपर्ने कर्मचारी भएको भन्दै प्रशंसा गरे ।
२०७५ साल चैत १२ गते लेखा अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका घिमिरेले नगरमा काम गर्ने मौका पाएर स्थानीय तहको अनुभव सँगालेको सुनाए ।
सम्पूर्ण कर्मचारीको साथ सहयोगले आफू सफल भएको अनभूत गरेको बताएका उनले कोही कर्मचारीसँग असन्तुष्ट नरहेको पनि स्पष्ट पारे ।
उनले अर्जुनधाराका जनप्रतिनिधिले कहिले दबाब नदिएको बताउँदै सकेसम्म आफूले सहयोग पाएको भन्दै आभार व्यक्त गरेका थिए ।
जनप्रतिनिधिहरुको अपेक्षाअनुरुप काम गर्न सकेसम्म प्रयत्न गरेको अनुभव सुनाउँदै आफू यस संस्थाबाट टाढा नरहेको पनि बताए । तीन जना कार्यालय प्रमुखसँग काम गर्ने मौका पाउँदा थुप्रै ज्ञान हासिल प्राप्त भएको उनको भनाइ थियो ।
कार्यक्रममा नगर प्रमुख राना र प्रप्रअ चौँलागाईले संयुक्तरुपमा लेखा अधिकृत घिमिरेलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, नगरका विभिन्न शाखाका कर्मचारीले विदाइस्वरुप अविर र फूल अर्पण गरेका थिए ।
प्रशासन शाखा प्रमुख चुडामणि निरौलाले सञ्चालन गरेको कार्यक्रमको सञ्चालन पशुपक्षी विकास शाखा प्रमुख पदमलाल राईले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।