सुनसरी । सुनसरी रामधुनी ६ कान्छिचौक चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडि सवार घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडि सवार सोही स्थानका २१ बर्षीय निरज राईको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गएराति १२ बजे उत्तरतर्फ जाँदै गरेको को. ३६ प ९५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाइते भएका थिए । उनीहरुको उपचारका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको छ । अर्का घाईते निरजलाई थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ ।
दुर्घटना भएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय पकलीमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।