झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुन लागेको झापा जिल्लाको गाउँ, नगर अधिवेशनका लागि अत्यधिक आकांक्षी देखिएका छन् ।

झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । त्यसबाहेक १४ वटा पालिकाको सभापति पदका लागि अहिलेसम्म ४१ जनाले आकांक्षा प्रस्तुत गरेका छन् । सबैभन्दा धेरै भद्रपुर नगरपालिकामा देखिएका छन् । भद्रपुरमा कांग्रेसको नगर नेतृत्वका लागि ८ जनाले दावेदारी प्रस्तुत गरेपछि निर्वाचन रोचक हुने देखिएको छ ।

हल्दिवारीमा काँग्रेस नेतृत्वका लागि दुई जना दावेदार उत्रिएका छन् । दुवै जनाले नछोड्ने भएपछि निर्वाचन प्रकृयामै जाने संभावना देखिएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

त्यसैगरी कचनकवल गाउँ समितिको सभापति पदका लागि वर्तमान सभापति तुलाराम अधिकारी र पुराना नेता सिताराम खड्काले दावेदारी गरिरहेको भए पनि तुलरामका पक्षमा स्थानीय नेता कार्यकर्ता खुलेरै लागेपछि सर्वसम्मतको प्रयास भइरहेको बताइन्छ ।

त्यस्तै अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसको सभापतिका लागि दुई जनाले उम्मेद्वारी प्रस्तुत गरेका छन् । त्यस्तै धेरैको चासो रहेको बिर्तामोडमा नगर सभापति पदका लागि दुईवटा प्यानलबीच कडा टक्कर पर्ने देखिएको छ । बिर्तामोडमा २८० जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

त्यस्तै मेचीनगरमा ६ जनाले नगर सभापतिमा उठ्ने इच्छा व्यक्त गरेका छन् । ६ जनाले नै दिनभरि भोट मागे पनि उनीहरुबीच एक आपसमा सहमति गराउने प्रयास भइरहेको क्षेत्रीय सभापति मणि उप्रेतीले बताए ।

त्यस्तै दमकमा नगर सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरेका छन् । त्यस्तै कमल गाउँपालिकामा गाउँ सभापतिका लागि ५ जनाले आकांक्षा देखाएका छन् । त्यस्तै गौरादहमा दुई जना नगर सभापतिका लागि उम्मेद्वार बन्ने देखिएका छन् ।

त्यसैगरी गौरीगञ्जमा तीन जना सभापति पदमा उठ्ने चर्चा छ । त्यस्तै कनकाई नगरपालिकामा दुई जनाले उम्मेद्वारी दिने भएका छन् । त्यस्तै शिवसताक्षीमा दुई जनाको नाम चर्चामा छ । दुवैले दावेदारी नछोडेपछि निर्वाचन हुने देखिएको छ ।

तर, बुद्धशान्ति गाउँपालिकामा गाउँ सभापति पदका लागि चक्र शेर्माको मात्र चर्चा सुनिएको छ । गाउँ सभापति पदमा सर्वसम्मत हुने भए पनि अन्य पदमा भने निर्वाचन हुने देखिएको छ ।

त्यस्तै बाह्रदशीमा गाउँ सभापतिका लागि दुई जना उठ्ने भएका छन् । त्यसमध्ये एकजनालाई सर्वसम्मत गराउने प्रयास भइरहेको बताइएको छ । यसअघि झापा गाउँपालिकामा गाउँ अधिवेशन हुनुपूर्व नै गाउँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।