झापा । झापाको अर्जुनधारामा एक बृद्धको हत्या गरेको आरोपमा स्थानीय रविन लिम्बूलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।
शनिबार साँझ ७ बजेतिर अर्जुनधारा ७ मा पर्ने दाहाल चोकस्थित सडकमा स्थानीय अन्दाजी ७० वर्षीय दुर्गाबहादुर बस्नेतको हत्या भएको थियो ।बन्चरो प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका बस्नेतको हत्या आरोपमा स्थानीय रविन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक मनिष लुइँटेल नेतृत्वको टोलीले घटना भएको एक घण्टाभित्र आरोपीलाई पक्राउ गरेको हो ।
मृतक बस्नेतको घाँटीमा चोट लागेको र बन्चरो घटनास्थलमा फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।