सुनसरी । ईटहरी उपमहानगरपालिका ३ सुनौलो टोलका ६२ बर्षीय देवीप्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् ।
हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भीर घाइते बनाएका थिए । थापाको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटिगई हत्या गर्ने देवीप्रसाद अधिकारीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका अधिकारी पनि घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।