इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौँ भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका १० फिक्कलका ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार रहेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा उक्त रकम फेला परेको हो ।
बरामद रकममा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाख फेला परेपछि उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।
पक्राउ परेका उनलाई कानुनी कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाइएको प्रहरीले जनाएको छ ।