पाँचथर । ‘ढुङ्गाको प्रेम’ नामक कविता संग्रहको लोकार्पण भएको छ । पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैधले लोकर्पण गरका हुन् । केन्जो खबर डकमले अयाोजना गरेको कार्यक्रममा लोकार्पण भएको कृतिमा २७ वटा कविता संग्रहित छन् । पत्रकार बाँस्काेटाकाे याे पहिलाे कृति हाे ।
लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए ।
उक्त समारोहमा बोल्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्यका लागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिले गर्ने अपेक्षा राखे ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतले साहित्यिक रचना पाठ गरेका थिए । साहित्यकारको उल्लेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदन प्रदान तथा गायन समेत भएको थियो ।