काठमाडौँ । अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

 

आइतबार राति साढे ११ बजे पञ्जदेवल विनायक नगरपालिका वडा नम्बर १ मा विवाहको कार्यक्रमबाट घर फर्कने क्रममा से १ च १७६३ नम्बरको जिप दुर्घटना भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

 

जिपमा सवार १८ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको उपचारको क्रममा मंगलसेन अस्पतालमा मृत्यु भएको प्रजिअ मल्लले जानकारी दिए ।

 

घाइतेमध्ये दुई जनाको अवस्थमा गम्भीर भएकाले आइतबार नै नेपालगन्ज रिफर गरिएको उनले बताए । अन्यको जिल्लाका अस्पतालमा उपचार भइरहेको छ । इकान्तिपुरबाट