झापा । झापाको शिवसताक्षी नगरपालिका ९ मा तास खेलिरहेको अवस्थामा एक लाख ७३ हजार पाँच सय रकमसहित चारजना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी ९ बस्ने ५० वर्षिय अग्नी राई, सोही ठाउँका ४० वर्षिय लालबहादुर लिम्बू, वडा नं ११ बस्ने ३७ वर्षिय सुरेश लिम्बु र वडा नं ९ बस्ने ४५ वर्षिय मनिष क्षेत्री रहेका छन् ।
शनिबार राति ९ बजे शिवसताक्षी ९ स्थित जितेन्द्र शाक्यको घरमा अबैधरुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद एक लाख ७३ हजार पाँच सय, मोबाइल सेट ४ थान र तीन बुङ तास बरामद भएको छ । उनीहरुलाई इप्रका झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।