सल्यान । आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका १२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका २ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।
त्यस्तै मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका १ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका ४ दाङका ६० वर्षीया डुली देउले, बबई गाउँपालिका ६ का पन्चकुलेकी ७० वर्षीया कलावती बुढा, घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिका २ का तिलक ओली रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए । ३१ जना सवार बसमा १२ मध्ये बाँकी सबै घाइते रहेका छन् ।
गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । प्रहरीकाअनुसार फरार बस चालकको खोजी कार्य जारी रहेको छ ।