झापा । झापाको भद्रपुरबाट ब्राउनसुगरसहित ७ जना पक्राउ परेका छन् ।
बिहीबार साँझ ४ बजे भद्रपुर ७ बोक्तोवारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर, एउटा नाईट्रोजन ट्याब्लेट, तौल गर्ने डिजिटल तराजु थान, मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा भद्रपुर ७ तेलीभिटाका १९ वर्षीय नारायण राजबंशी, बोक्तोबारीका २२ वर्षीय प्रकाश राजबंशी, वडा नं ६ संगमटोल बस्ने २० वर्षीय राहुल ठाकुर, वडा नं ५ बस्ने २१ वर्षीय सोनु राजबंशी रहेका छन् ।
यसैगरी, बिर्तामोड ८ सैनिकटोल बस्ने १८ वर्षीय सुदिप श्रेष्ठ, वडा नं ६ कसेनिटोल बस्ने ३१ वर्षीय प्रताप योन्जन र अर्जुनधारा १ बस्ने २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।