बिर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौला पुलनजिक पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का सख्त घाइते भएका छन् ।
आज (बिहीबार) दिउँसो ३ बजे गरामनीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १ क ७८६ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे. ५ प १३६५ नम्बरको मोटसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड ९ बस्ने ४३ वर्षीय सम्पत राजवंशीको मृत्यु भएको हो । उनलाई उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड ९ बस्ने ३१ वर्षीया शान्ता कार्की सख्त घाइते भएकी छन् । उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्रक र ट्रक चालक भद्रपुर १० बस्ने ३६ वर्षीय गंगा तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।