झापा । झापाको दमक एक महिलाको कुटपिटबाट ज्यान गएको छ । आफ्नै श्रीमानको कुटपिटबाट ज्यान गएको हो ।
प्रहरीका अनुसार दमक १० की ४९ वर्षीया घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको छ ।
मंसिर १६ गते घनादेवीलाई उनका श्रीमानले कुटपिट गर्दा घाइते भएकीले विराटनगरको नोवेल अस्पतामा उपचारको लागि लगिएको थियो । अस्पतालमा केही समयको उपचारपछि डाक्टरको सल्लाहअनुसार उपचार हुन नसकेको र घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न लिम्बूलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।