इलाम । १४ वर्षीया एक बालिकालाई विवाह गर्छु भनेर बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका६ का २६ वर्षीय गोपाल राईलाई पक्राउ गरेको छ ।

दुई महिना अघि विवाह गर्छुभन्दै बालिकालाई आफ्नै घरमा लगेर राखेका राईविरुद्ध छरछिमेकीले थाह पाएर प्रहरीमा खबर गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

राईविरूद्ध प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।

यसैगरी २४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ३१ वर्षीय मन्जित राईलाई पक्राउ गरेको छ । राई विरूद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरिएको बताइएको छ ।

पीडितलाई बैशाख २३ गते राति उनकै कोठामा गएर राईले बलात्कार गरेको र पीडितले राई विरूद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।