बिर्तामोड । युवती राखेर यौन व्यवसाय सञ्चालन गरिरहेको गुनासो बढेपछि प्रहरीले आँखा अस्पतालहरु सञ्चालनमा रहेको सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ । त्यसक्रममा तीनजना होटल सञ्चालकसहित १३ जना पक्राउ परेका छन् ।

 

सोमबार राति ८ बजेदेखि मेची आँखा अस्पताल क्षेत्रका होटलहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा तीनजना होटल सञ्चालक, चारजना पुरुष ग्राहक र ६ जना युवती पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

 

सञ्चालकहरु प्रकाश घिमिरे, गंगा गुरुङललगायत पक्राउ परेका छन् । प्रहरीले होटल सेभेन इन, आसामलगायतका होटलमा प्रहरीले छापा मारेको थियो । अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलहरुमा सर्च अपरेशन गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए ।

 

सैनिकमोड क्षेत्रका होटलहरुमा यौन व्यवसायसँगै लागूऔषधको कारोबार पनि हुने गरेको बताइएको छ । सैनिकमोड क्षेत्रमा साना ठूला गरी करिब ५० वटा होटल रहेका छन् ।