झिलझिले । लागुऔषध ब्राउनसुगर झापाको शिवसताक्षी नगरपालिका क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले मंगलबार राति साडे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका ११ बाट ३ जनालाई नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा स्थानीय २१ वर्षीय सौरभ कडरिया, २२ वर्षीय निशान न्यौपाने र यासोक गाउँपालिका २ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ वर्षीय प्रकाश खड्का रहेका छन् ।

 

उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर र नगद सात हजार बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।