झापा । मोरङको रतुवामाई नगरपालिका ३ महादेवाबाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानबाट लागूऔषध ब्राउन सगुरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका ५ की सरस्वती शाहलाई १८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेकी ३५ वर्षीया शाहको साथबाट ५ लिटर कोरेक्स पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।