शनिश्चरे । अर्जुनधारा जेसीजको नेतृत्वका लागि निर्वाचन हुने भएको छ । सन् २०२२ को अध्यक्ष पदमा २ जनाको उम्मेद्वारी परेको छ ।
शुक्रबार जेसीज सचिवालयमा सम्पन्न दशौँ अधिवेशनबाट सन् २०२२ को नेतृत्व चयनका लागि गरिएको प्रक्रियाबाट निर्वाचन हुने भएको हो । जसमा रोवक थापा र भीमबहादुर कुँवर (राजु)ले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
यस्तै, दुई कार्यकारी उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । जसमा विमला भट्टराई, प्रेमकुमार खड्का, बालगोपाल गौतम र निशा तामाङको उम्मेदवारी परेको हो ।
यसैगरी, चार जना उपाध्यक्ष पदका लागि एक महिलासहित पाँच जनाको उम्मेद्वारी परेको छ । प्रदिप लिम्बू, प्रनित थापा, निता संग्रौला, केशव थापा र भक्तबहादुर गोद्दारले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्काको प्रमुख आतिथ्यमा दशौँ अधिवेशन सम्पन्न भएको थियो । महासचिव प्रेमकुमार खड्काको सञ्चालन तथा अध्यक्ष जीवन खनालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
उपाध्यक्ष सोना गेलालले आस्था वाचन गरेको कार्यक्रममा सन् २०१४ का अध्यक्ष बसन्त सोमानी, २०१५ का अध्यक्ष दिपिन राई, ०१६ का अध्यक्ष शार्दूल ओली, ०१९ का अध्यक्ष टिआर गौतम, संस्थापक महासचिव कुमार भट्टराई र महिला नेतृ सरस्वती सिटौलाले जेसीजको भूमिका, महत्व, समाजमा पार्ने प्रभावका बारेमा आफ्ना भनाइ राखेका थिए ।