मोरङ । कानेपोखरी गाउँपालिका ५ बाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिकाका ३ जना र कानेपोखरीका १ जना छन् ।
पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलबारी नगरपालिका ९ का २८ वर्षीय रामदेव चौधरी र कानेपोखरी गाउँपालिका ५ का २१ वर्षीय रवि चौधरी रहेका छन् ।
हिजो शनिबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध ब्राउनसुगर ३ ग्राम ४० मिलीग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।