झापा । नेपाल-भारत सीमाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा बिर्तामोडका दुईजना पक्राउ परेका छन् । उनीहरुलाई आइतबार साँझ ७ बजे कचनकवल वडा नं ५ डाँगाबारीमा प्रहरीले पक्राउ गरेको हो ।

 

ईलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोडका दुई युवालाई पक्राउ गरेको हो । प्र १-०१-०१३ प ७९७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बिर्तामोड ३ सैनिकमोड बस्ने वर्ष २८ का सरोज भट्टराई र सोही मोटरसाइकलको पछाडि सवार वडा नं ९ बस्ने वर्ष २० का विशाल बुढाथोकीलाई पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।