झापा । मोरङको बिराटनगर महानगरपालिका १२ बाट ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बिराटनगर १२ का कुनाल सिंह रहेका छन् । हिजो बेलुकी पौने ५ बजे बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउनसुगर ३२ ग्राम, डिजिटल तराजु १ थान, को. ३३ प ३३१४ नम्वरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो ।

 

प्रतिवन्धित ब्राउनसुगरसहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।