झापा । झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिर्तामोड र झापा गाउँपालिकाका १९ वर्षीय युवा रहेका छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा गाउँपालिका ४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९ वर्षीय उत्तम बर्देवा रहेका छन् । हिजो (बुधबार) बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम बस स्टेन्डबाट अब्दुल अन्सारीलाई ब्राउनसुगर ५ ग्रामसहित पक्राउ गरेको हो ।

 

यस्तै, हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उत्तम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।