बिर्तामोड । मारवाडी युवा मञ्च बिर्तामोडको प्रथम साधारणसभाबाटअध्यक्षमा टेकेन्द्र अग्रवाल चयन भएका छन् । उनी निर्विरोधरुपमा चयन भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा रिशभ मित्तल, उपाध्यक्षमा किशन अग्रवाल, महासचिवमा पवन शर्मा, सचिवमा जीवन वंशल, सहसचिवमा विशाल अग्रवाल र कोषाध्यक्षमा विशाल गोयल छन् ।
यसैगरी जनसम्पर्क अधिकारीमा सेन्की अग्रवाल चयन भएका छन् । साधारणसभाले २१ सदस्यीय समिति चयन गरेको सहसचिव विशाल अग्रवालले जानकारी दिए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । साधारणसभा पंकज मित्तलको अध्यक्षतामा भएको थियो ।