बिर्तामोड । पाँचौं संस्करणको झापा गोल्डकपको पूर्वसध्यामा बिर्तामोड बजार सरसफाई गरिएको छ । गोल्डकपको तयारी तीब्र भइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्धेश्यले वीरता जेसीज, झापा गोल्डकप तथा पूर्वेली युवा क्लवको संयुक्त आयोजनामा सरफसाई गरिएको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले जानकारी दिए ।
महाशिवरात्रीको अवसर पारेर गरिएको सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाका साथै जेसीजका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्त मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाको प्रमुख आतिथ्य रहेको थियो ।
सरसफाई कार्यक्रमका संयोजक प्रवेश बस्नेतले स्वागत गरेको कार्यक्रममा जेसीज आस्था विकास बस्नेतले बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव टीकाराम खतिवडाले गरेका थिए ।
बिर्तामोडको फोहोर ब्यवस्थापनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष पहल गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । फोहोरको दिगो ब्यवस्थापन नहुँदा यत्रतत्र फोहोर फ्याँक्ने हुँदा विभिन्न अवसरहरुमा सामाजिक संघसंस्थाले सरसफाई कार्यक्रम गर्दै आएका छन् ।
झापा गोल्डकप हेर्न आउने दर्शक तथा आमन्त्रित खेलाडीहरुलाई विर्तामोडको सुन्दरता प्रदर्शन गर्ने हेतुले बजार सरसफाई कार्यक्रमलाई अघि सारेको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।