झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापाको मेचीनगरबाट एक जना कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ गोविन्दपुर २ घर भई हाल मामा घर मेचीनगर १२ बस्ने १९ वर्षीय अविनारायण लिम्बू रहेका छन् ।
बिहीवार दिउँसो ४ः३० बजे मेचीनगर १२ स्थित कालिझोडा डाँडागाउँमा ईलाका प्रहरी कार्यालय बुधबारे र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले लिम्बूले आफ्नै कोठामा तौल गर्दै गरेको अवस्थामा २१.३८ ग्राम ब्राउनसुगर र डिजिटल मिनी तराजु बरामद गरेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।