अर्जुनधारा। देवभूमि विद्यापीठ अङग्रेजी माध्यमिक विद्यालय र मेची बोर्डर हेल्थ सेन्टरको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बीएण्डसी टिचीङ हस्पिटलको प्राविद्यिक सहयोगमा आयोजित उक्त शिविरमा बलारोग विशेषज्ञ डा.रमेश यादव, दन्तरोग विशेषज्ञ डा.ममताकुमारी शाह, एचए मुकुन्द दाहाललगायतले सेवा प्रदान गरेका थिए ।

विद्यार्थी र अभिभावकसहित पाँच सय जना भन्दा बढीले सेवा लिएको शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले बताए ।