पाँचथर । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरमा एक जना पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका ३ का ३५ वर्षीय दिलिप नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
चैत ३ गते सामान्य घरायसी झगडा हुदाँ नेम्बाङले आफनै ३९ वर्षीया श्रीमती निशा थेवेलाई घाँटी थिचेर हत्या गरेका थिए । हत्या गरिसकेपछि घर नजिक जंगलमा ढुङगाको ओढारमा लास छोपेर लुकाए राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।
तत्काल नेम्बाङलाई प्रकाउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वाकर्माले जानकारी दिएका छन् ।