धनकुटा । धनकुटाको सागुरीगडी गाँउपालिका ६ स्थित भेडेटारमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगडी गाउँपालिका ७ की १९ वर्षीया श्रेया राई रहेकी छिन् ।
हिजो (बुधबार) बेलुका ९ बजे भेडेटारबाट गोलाखाडीतर्फ जाँदै गरेको मे १ ज २१६२ नम्बरको सुमो अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा घाइते भएकी राईको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।
सुमो र चालक घनकुटा नगरपालिका २ का ४१ वर्षीय सत्यलाल राईलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणामा लिई थप अनुसन्धआन गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।