ताप्लेजुङ । फुङलिङ नगरपालिका ३ मा विस्फोटक पदार्थ हाते ग्रिनेटसहित २ जना पक्राउ परेका छन् ।
नगरपालिका ३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका ४ सावाँका सञ्जय लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । फेला परेको ग्रिनेट सुरक्षित विस्फोट गराउन नेपाली सेनाको भिमकाली गुल्मले जिम्मा लिएको प्रहरी प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार पदमलाल भारतीको घरमा ग्रिनेट राखेको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । पक्राउ परेका व्यक्ति र ग्रिनेटबारे अनुसन्धान सुरु भएको अधिकारीले बताए ।