झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खोरीबारी दार्जीलिङका २४ वर्षीय नन्दन बर्मन रहेका छन् । हिजो (मंगलबार) बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बर्मनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले शंका लागेर शरीर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका बर्मनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।