पाँचथर । पाँचथरकी १२ वर्षीया किशोरी बाबुबाट बलात्कृत भएकी छन् । सदरमुकाम फिदिम नगरपालिका ५ की ती किशोरी चैत २७ गते दिउँसो ४३ वर्षीय बाबुबाट बलात्कृत भएकी हुन् ।

 

घरमा कोही नभएका बखत बाबुले बलात्कार गरेको भन्दै किशोरीकी आमाले मंगलबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार बलात्कारको अभियोग लागेका बाबुलाई मंगलबार राति पक्राउ गरिएकाे छ । उनकाे नाम, थर गाेप्य राखिएकाे छ। किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इकान्तिपुरबाट