पाँचथर । कुम्मायक गाउँपालिका वडा नं ५ स्थित तमोर नदीले बगाउँदा एक जना मजदुर बेपता भएका छन् ।
शुक्रबार दिउसो १ः४० बजे स्वच्छन्द निर्माण सेवा प्रालि द्वारा निर्माणाधीन पुलमा काम गर्ने मजदुरको खोलामा पौडी खेल्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले बताएको छ ।
बेपत्ता हुनेमा जिल्ला उदयपुर जिल्ला बेलका नगरपालिका ६ बस्ने वर्ष ३० वर्षीय हरि राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बेपत्ता राईको ईलाका प्रहरी कार्यालय यासोकबाट उद्दारका लागि टोली खोज तलासका भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।