शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ४ स्थित दहीझोडामा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

 

हिजो (शनिबार) बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङको पैनीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा बालिका मृत अवस्थामा रहेको खबर स्थानीयले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए ।

 

खबर पाउउनासाथ प्रहरी टोली खटिगई कानुनी प्रक्रिया पूरा गरी घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।