झापा । जिल्लाको भद्रपुर नगरपालिका-७ मा एक व्यक्तिको डुबेर मृत्यु भएको छ । माछा मार्ने क्रममा ५५ वर्षीय सञ्जय उरावको डुबेर मृत्यु भएको हो ।

 

मंगलबार दिउँसो १ बजेको समयमा देउनिया खोलामा माछा मार्ने क्रममा उनको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।