ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा कुटपिटबाट १ महिलाको मृत्यु भएको छ । वैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी काङंबा लिम्बूले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाइते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो ।

 

यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई पक्राउ गरेको छ ।

 

हत्या अभियोगमा पक्राउ परेकी लिम्बूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरल जनाएको छ ।